बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई नराम्रो देख्ने आँखा मात्र नराम्रा : मन्त्री बाँस्कोटा

सरकारलाई नराम्रो देख्ने आँखा मात्र नराम्रा : मन्त्री बाँस्कोटा

सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सरकारको काम नराम्रो देख्ने आँखा नै नराम्रो रहेको बताएका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सरकारको काम नराम्रो देख्ने आँखा नै नराम्रो रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्ष पूरा भएको अवसरमा मन्त्री बाँस्कोटालाई सोधिएको प्रश्नमा उनले भने, ‘जति गरियो सबै राम्रो काम गरियो। नराम्रो देख्ने आँखा मात्र नराम्रा हो।’

सरकारको नराम्रो प्रचार मात्र भएको दाबी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘केही दिनमा प्रधानमन्त्रीले सम्बोधन गर्नु हुनेछ। प्रधानमन्त्रीले के के भन्नु हुन्छ, त्यही चेक गर्नुस्।’

सरकारको राम्रो कामको लिष्ट सुनाउँदै मन्त्री बाँस्कोटाले भने, ‘विधिको शासन बलियो भयो। रुल अफ ल मा नेपाल दुई स्थान माथि गएको छ।भ्रष्टाचार सूचकांकमा पनि अगाडि गएका छौँ । भ्रष्टाचार घटेको छ। सुखी नेपाली, समृद्ध नेपालको नाराले कामले राम्रो गरेको छ । खुशीमा इन्डेक्समा उक्लेका छौं। शान्ति सुव्यवस्था सुर्धेको छ।’

बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा बाँस्कोटाले प्रधानमन्त्रीको विदेश यात्रा, विदेशी पाहुनहरुको नेपाल यात्रालाई पनि सफलताको रुपमा पेश गरेका छन्।

चितवनमा एउटा निजी कम्पनीले चलाउन लागेको पानी जहाजको जस लिँदै उनले त्यो पनि सरकारको राम्रो काम भएको उल्लेख गरेका छन्।

सरकारले उक्त क्रुजका लागि राष्ट्रिय वनको एक हेक्टर जंगल प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेकोसमेत मन्त्रीले जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

प्रकाशित: Feb 13, 2020| 15:42 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।