बुधबार, असार ३१, २०८३

अन्तिम खेलमा एपिएफ र बिबिसीको बराबरी

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड बोइज क्लब (बिबिसी)सँग बराबरी खेलेको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेलमा ब्रिगेड बोइज क्लब (बिबिसी)सँग बराबरी खेलेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा ब्रिगेड बोइज क्लब र एपिएफले १–१ गोलको बराबरी खेलेका हुन्।

एपिएफका लागि आशिष लामाले खेलको ४४ औं मिनेटमा गोल गरेका थिए। नविन लामाले दिएको पासलाई आशिषले गोलमा परिणत गरे। यो गोलसँगै पहिलो हाफमा एपिएफले सुरुवाती अग्रता बनाएको थियो।

अग्रतासँगै सकिएको पहिलो हाफमा बिबिसी एक गोलले पछि पर्यो। तर, खेलको दोस्रो हाफको अन्त्यमा बिबिसीका विजय गुरुङले गोल गर्दै नतिजालाई बराबरीमा ल्याएका थिए। इन्ज्युरी समयमा गरिएको विजयको गोलले क्लबलाई बराबरीको नतिजामा ल्याएको हो।

लामो समयदेखि तालिकाको १३ औं स्थानमा रहेको एपिएफले बराबरी खेले पनि १२ औं स्थानमा उक्लिएको छ। बराबरीका साथ एक स्थान सुधार गरेर उसले लिगमा सुखद अन्त्य गरेको छ भने बिबिसीको एक स्थान झरेको छ।

आजको बराबरीसँगै दुवै क्लबको समान ९ अंक भएको छ । गोल अन्तरका आधारमा एपिएफ १२ औं स्थानमा पुगेको हो।

जारी लिगमा एपिएफले १५ गोल गरेर २१ गोलको सामना गरेको छ भने बिबिसीले पाँच गोल गरेर १५ गोलको सामना गरेको छ।

प्रकाशित: Feb 13, 2020| 14:57 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।