बुधबार, भदौ ३, २०८३

दाइजोमा छोरीले मागिन् आफ्नो तौलबराबरका किताब

छोरीलाई बिहे गरेर बिदा गर्दा आम रुपमा केही न केही दाइजो अथवा उपहार दिने प्रचलन छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

एजेन्सी- छोरीलाई बिहे गरेर बिदा गर्दा आम रुपमा केही न केही दाइजो अथवा उपहार दिने प्रचलन छ। जसमा कतिपयले गहना, कपडा, पैसा वा कतिपयले अन्य अचल सम्पत्ति पनि दिने गरेको पाइन्छ।

तर भारतको गुजरातस्थित राजकोट जिल्लाका एक पिताले आफ्नी छोरीलाई बिहेको दाइजो किताब दिँदैछन्। त्यो पनि छोरीकै तौलबराबर।

फेब्रुअरी १३ अर्थात् बिहीबार हुन लागेको छोरीको बिहेका लागि उनका पिताले २२ सय थान किताब जुटाएका छन्।

राजकोटको नानमवामा बस्ने शिक्षक हरदेव सिंह जडेजाकी छोरी किन्नरी बा किताबकी निकै सौखिन हुन्।

उनको घरमा ५ हजार किताबको लाइब्रेरीसमेत छ।

उनको बिहे वडोदराका इन्जिनियर पूर्वजित सिंहसँग हुँदैछ। पिताले छोरीलाई बिहेमा के उपहार दिउँ भनेर सोध्दा छोरीले नै आफ्नो तौल बराबर किताब दिन आग्रह गरेकी हुन्।

छोरीको इच्छाअनुसार बाबुले विभिन्न किताबहरु खोजेर तयार गरिसकेका छन्। उनको दुलाहा पूर्वजित अहिले क्यानडामा बस्दै आएका छन्।

किताब संकलन गर्न ६ महिना

हरदेव सिंहले पहिले राम्रा किताबहरुको सूची बनाए। त्यसपछि किताब संकलन सुरु गरे। जसका लागि उनलाई ६ महिना समय लाग्यो।

हरदेवले दिल्ली, काशी र बैंग्लोरसमेत पुगेर किताब संकलन गरेका हुन्।

ती किताबहरुमा महर्षि वेद व्यासदेखि लिएर आधुनिक लेखकहरुका अंग्रेजी, हिन्दी तथा गुजराती भाषाका छन्। हरदेवले छोरीसँगै किताबलाई गाडीमै भरेर दुलाहाको घर पठाउने इच्छा राखेका छन्।

प्रकाशित: Feb 13, 2020| 14:55 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।