बुधबार, भदौ ३, २०८३

नेतृत्व गद्दार हुँदा जनयुद्धले धक्का खायो : बैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले मूल नेतृत्व गद्दार भएपछि जनयुद्धले गम्भीर धक्का खाएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले मूल नेतृत्व गद्दार भएपछि जनयुद्धले गम्भीर धक्का खाएको टिप्पणी गरेका छन्।

उनले नेतृत्व गद्दारी भएका कारण जनयुद्ध र क्रान्तिले धक्का खाएको बताए।

नेपाली जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्ति प्रक्रिया नसकिएको उनको दाबी छ।

‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण जनयुद्ध र क्रान्ति प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ’, २५ औं जनयुद्ध दिवसमा बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दस वर्षको महान् जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलनमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई बैद्यले लाखौंको बलिदानी गराएर आफूले भने आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

प्रकाशित: Feb 13, 2020| 14:49 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।