सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जुमानुको ह्याट्रिकसँगै पुलिसको सुखद अन्त्य, पुलिसलाई शीर्ष ६ को स्थान पक्का

जुमानुको ह्याट्रिकसँगै पुलिसको सुखद अन्त्य, पुलिसलाई शीर्ष ६ को स्थान पक्का

१३ औं चरणको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबका जुमानु राईले ह्याट्रिक गरेका छन्।उनको ह्याट्रिसँगै पुलिसले आजको खेलमा जित निकालेको छ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– १३ औं चरणको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबका जुमानु राईले ह्याट्रिक गरेका छन्।उनको ह्याट्रिसँगै पुलिसले आजको खेलमा जित निकालेको छ।

National life

जितसँगै विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको शीर्ष ६मा स्थान पक्का गरेको हो।  सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहीबार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबविरुद्ध ३–०को जित निकाल्यो।

जितका लागि जुमानूले खेलको दोस्रो हाफमा तिन गोल गरे। उनले खेलको ४९, ५६ र ८५ औं मिनेटमा गोल गरेका हुन्।

उनले जारी लिगमा व्यक्तिगत पहिलो ह्याट्रिक गरे भने लिगमा यो दोस्रो ह्याट्रिक हो। उनीभन्दा अघि एपिएफका संजोग रार्ईले ह्याट्रिक गरेका थिए। ७० साल पछि ह्याट्रिक नभएको लिगमा आज जुमानुको ह्याट्रिसँगै दोस्रो ह्याट्रिक लिगले पाएको हो।

जितसँगै पुलिसको खातामा २० अंक भएको छ। उसले १३ खेलमा ६ जित, २ बराबरी र पाँच हारका साथ २० अंक बनाएको हो।

Laxmi sunrise bank
kumari

२० अंकसहित पाँचौ स्थानमा रहेको पुलिसको भन्दा एक अंक कम रहेको जावलाखेल युथ क्लबले भोलीको खेलमा जित निकाल्ने सम्भावना कम छ। यदी निकाली हाले पनि पुलिसले एक स्थान भन्दा तल झर्नु पर्दै। किनभने सातौं स्थानमा रहेको च्यासलको १५ अंक मात्र छ। एक खेल बाँकी रहेको च्यासलले जितेल ३ अंक जोडे पनि छैटौं स्थानमा आउन सक्दैन।

सुखद अन्त्यपछि विभागीय टोली नेपाल पुलिस क्लबले ए डिभिजन लिगको शीर्ष ६ टोलीले प्रतिस्पर्धा गर्नपाउने राष्ट्रिय लिगमा सहभागी हुन पाउने भएको छ।

उता फ्रेन्ड्सले लिगको अन्तिम खेल हारेसँगै १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रकाशित: Feb 13, 2020| 11:31 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।