बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुवेतमा विस्फोटसँगै पहिरो जाँदा चार नेपालीको मृत्यु, ६ जना बेपत्ता

कुवेतमा विस्फोटसँगै पहिरो जाँदा चार नेपालीको मृत्यु, ६ जना बेपत्ता

कुवेतको एक खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पहिरो खस्दा चार नेपालीको मृत्यु भएको छ ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- कुवेतको एक खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पहिरो खस्दा चार नेपालीको मृत्यु भएको छ ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा/बालुवा खानीमा काम गरिरहेको बेला ढुंगा फुटाउन विस्फोट गराइएको थियो । विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको अरब टाइम्सले जनाएको छ।

मृत्यु हुनेमा चार नेपाली रहेको भनिएपनि अझै धेरै संख्यामा हुनसक्ने आशंका गरिएको छ । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ ।

जसमध्ये चार नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा १३ नेपाली र एक भारतीय नागरिक परेको आशंका गरिएको थियो । उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ।

उद्धारकर्र्ताहरुले बेपत्ताहरुको खोजी जारी राखेको बताएका छन् । घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन ।

 

प्रकाशित: Feb 13, 2020| 10:24 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।