बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘जनयुद्ध’ दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएनन्

‘जनयुद्ध’ दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएनन्

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले आयोजना गरेको ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी भएनन्।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले आयोजना गरेको ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी भएनन्।

कार्यक्रममा पूर्व एमाले पृष्ठभूमिका नेकपा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल पनि सहभागी भएका छैनन् । पार्टी उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका नेताहरु भने सहभागी भएका छन्।

यसअघि नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी हुने उल्लेख थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी हुने बताएका थिए।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित छन्। माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरणपछि अघिल्लो वर्ष आयोजित कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन्।

कार्यक्रममा उपस्थित तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) का एक कार्यकर्ताले भने, "ओली कामरेडबाट फेरि एकपटक हामीलाई ह्यारेस गर्ने काम भएको छ।"

२०५२ फागुन १ गतेबाट सशस्त्र हिंसा सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ। ओलीले ‘जनयुद्ध’ को औचित्यमाथि बारम्बार प्रश्न उठाउँदै आएका छन्। 

प्रकाशित: Feb 13, 2020| 10:20 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।