बुधबार, भदौ ३, २०८३

बसको ठक्करबाट नायिका महिमा र बहिनीको मृत्यु

बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ । महिमा र उनकी बहिनी सवार स्कूटरलाई ..
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ। महिमा र उनकी बहिनी सवार स्कूटरलाई धादिङको गजुरीमा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

स्कूटरको पछाडी बसेकी उनकी बहिनी शर्मिला सिलवालको पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङका डीएसपी खगेन्द्रबहादुर खड्काले नेपाल समयलाई जानकारी दिए ।

बुधबार बेलुका भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा महिमा र उनकी बहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट महिमाको घटनास्थलमै र उनकी बहिनी शर्मिलाको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको डीएसपी खड्काले बताए ।

ठक्कर दिने बस भैरहवाबाट काठमाडौं आउँदै गरेको थियो भने महिमा दिदीबहिनी काठमाडौंबाट चितवनस्थित आफ्नो घरतर्फ जाँदै थिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही, अप्रिल फुल, चियर्सु, जिगाेलाेलगायत चलचित्रमा काम गरेकी थिइन्।

प्रकाशित: Feb 13, 2020| 09:40 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।