बुधबार, भदौ ३, २०८३

नेपाली युवकको भारतमा गोली हानी हत्या

नेपाली युवकको भारतमा गोली हत्या भएको छ । सप्तरीको बोदेबर्साइन
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

राजविराज- नेपाली युवकको भारतमा गोली हत्या भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या भएको हो ।

सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।

ग्यारेज मालिक सत्येन्द्र यादवको भारतीय नम्बरको स्कारपियो गाडी चलाएर झन्झारपुर जाँदै गर्दा उनीमाथि गोली प्रहार भएको भारतीय प्रहरीले जनाएको छ । उनी ग्यारेजमा काम गर्दै आएका थिए ।

मोटरसाइकलमा आएको समूहले हानेको पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो ।

घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । घटना मंगलबार भएको हो ।

डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको यादवको परिवारले जनाएको छ ।

 

प्रकाशित: Feb 13, 2020| 08:20 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।