बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'जनयुद्ध' दिवस मनाउँदै नेकपा, प्रधानमन्त्री ओली पनि अतिथि

'जनयुद्ध' दिवस मनाउँदै नेकपा, प्रधानमन्त्री ओली पनि अतिथि

सत्तारुढ दल नेकपाले आज 'जनयुद्ध' दिवस मनाउँदैछ। २४ वर्षअघि 'जनयुद्ध' सुरु भएको दिनको सम्झनामा नेकपाले दिवस मनाउन लागेको हो। २०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन माओवादीले 'जनयुद्ध'को सुरुवात गरेको थियो ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाले आज 'जनयुद्ध' दिवस मनाउँदैछ। २४ वर्षअघि 'जनयुद्ध' सुरु भएको दिनको सम्झनामा नेकपाले दिवस मनाउन लागेको हो। २०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन माओवादीले 'जनयुद्ध'को सुरुवात गरेको थियो ।

दुई वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि पहिलोपटक एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाउन लागिएको हो । ‘जनयुद्ध’ दिवसको औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पनि अतिथिका रूपमा सहभागी हुने बताइएको छ।

पार्टी एकीकरण भए पनि यसअघिको 'जनयुद्ध' दिवस कार्यक्रममा ओली सहभागी भएका थिएनन्। आज पार्टी कार्यालय धुम्वाराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

समारोहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि अतिथिका रूपमा सहभागी हुनेछन् । दाहाल र र ओलीबीच सहमति भएरै यसपटकको ‘जनयुद्ध’ दिवस मनाउन लागिएको श्रेष्ठले जानकारी दिए।

यसअघि ओलीले पटकपटक सार्वजनिक रूपमा ‘जनयुद्ध’ को औचित्यमाथि प्रश्न उठाउँदै आएका थिए।

नेकपाले जिल्ला तथा प्रदेशमा पनि ‘जनयुद्ध’ दिवस मनाउन निर्देशन दिएको छ।

२०५२ फागुन १ गतेबाट सशस्त्र हिंसा सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै
आएको छ।

प्रकाशित: Feb 13, 2020| 07:06 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।