बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट ल्याएका नेपालीलाई राख्न भक्तपुरमा ठाउँ तयार

वुहानबाट ल्याएका नेपालीलाई राख्न भक्तपुरमा ठाउँ तयार

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

भक्तपुर । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ । चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर वासुदेव पाण्डेले बताए।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको उनले बताए । चीनबाट ल्याइने नेपालीमा भाइरसको सङ्क्रमण नहुने दाबी गर्दै उनले अन्तर्राष्ट्रिय मान्यता अनुसार क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको बताए ।

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालीम केन्द्रमा राखिने भएको उनले जानकारी दिए । क्वारेन्टाइनमा उपयोग गरिने तालीम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा फडिन्द्रप्रसाद बरालले बताए ।


क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । डा बरालले चीनमा स्वास्थ्यपरीक्षण गरेर सङ्क्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने जानकारी दिए ।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ। प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारसँग प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन निर्माणलाई दिन वा मानव अङ्ग प्रत्यारोपण केन्द्रको डायलोसिस केन्द्र बनाउन दिन माग गर्दा नदिने तर जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताए ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरुले भने कार्यक्रम बहिष्कार गरेको बताउँदै केन्द्रीय सरकारले स्थानीय सरकारसँग समन्वय नगरी लाद्ने प्रयास गरेको भन्दै जनताको भावनाको कदर गर्न आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले स्थानीय बासिन्दाका लागि खरिपाटीस्थित सामुदायिक भवनमा नेपाली सेनाको एक, भक्तपुर अस्पतालको एक गरी दुई चिकित्सक सहितको टोलीले स्थानीय नागरिकको पनि निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गरिने बताउँदै स्थानीयवासीमा सङ्क्रमण भए सरकारले जिम्मा लिने बताइन् ।
रासस

प्रकाशित: Feb 12, 2020| 21:57 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।