बुधबार, भदौ ३, २०८३

नेकपाको एमसिसी अध्ययन कार्यदलले १० दिन माग्यो

नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेका हुन्। माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो ।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गरेको खनालले जानकारी दिए । कार्यदलका संयोजक खनालले अहिले एमसिसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताए । ‘‘मैले आज दुबै अध्यक्षलाई भेटी एमसिसीको अध्ययन गर्नका लागि समय अपुग भयो । अझै १० दिन समय थप्न भनेको छु’’ उनले भने, अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ ।’’

उनले आफूहरुले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिए । कार्यदलले अहिले एमसिसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ ।

पार्टीको यही माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठक यसबीचमा तीन पटक बसेको थियो ।
रासस

प्रकाशित: Feb 12, 2020| 21:47 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।