बुधबार, भदौ ३, २०८३

ट्राफिक सचेतनाका लागि सडकमै रेटियो सारङ्गी

ट्राफिक नियम बारे सचेतना जगाउन ट्राफिक प्रहरीले सारङ्गी टोलीबाट प्रस्तुति दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीबाट प्रस्तुति दिएको हो।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं - ट्राफिक नियम बारे सचेतना जगाउन ट्राफिक प्रहरीले सारङ्गी टोलीबाट प्रस्तुति दिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार नयाँ बानेश्वरमा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सारङ्गी टोलीबाट प्रस्तुति दिएको हो।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले गीतसंगीतका माध्यमबाट ट्राफिक नियम सिकाइएको र सडक प्रयोगकर्ताहरूले उक्त कुरालाई व्यवहारमा प्रयोग गरी पालना गर्नेमा आफू विश्वस्त रहेको बताए।

सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन ’बोलको सचेतना गीत गाएका थिए। गीतको माध्यमबाट जेब्राक्रसिङ्ग र आकाशेपुलको प्रयोग, सडक संकेतको पालना, मापसे गरी सवारी नहाक्न, तीब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सके जीवनको रक्षा हुने र घर परिवार समेत ढुक्क हुने कुरा प्रस्तुत गरे।

यो अभियान प्रभावकारी हुने र आम सडक प्रयोगकर्तालेसमेत ट्राफिक नियम पालना र सडक अनुशासनलाई जिवन पद्दतीको रुपमा लिने विश्वास गर्दै एक सातासम्म उपत्यकाका मुख्य मुख्य चोकहरूमा सञ्चालन हुने जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले दिए।

यस अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्य निरूत्साहित हुनुका साथै ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरि बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Feb 12, 2020| 20:24 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।