काठमाडौं - कोरोनाको आशंका गरिएका एक विदेशी नागरिक टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार साउदी अरबका नागरिक अस्पतालबाटै भागेका छन्। कोरोनाको आशंका भएपछि केहि दिनअघि स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका उनी भर्ना गर्नु पर्छ भनिएपछि त्यहाँबाट भागेका श्रेष्ठले जानकारी दिए। उनी चीनलाई ट्रान्जिट बनाएर नेपाल आएका थिए। उनको खोजी भइरहेको श्रेष्ठले बताए।
यता, टेकु सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सोमबार दुई अरबी नागरिक आएका र एकजनामा नतिजा नेगेटिभ देखिएकोले डिस्चार्ज गरिएको तर अर्कालाई भर्ना गर्न लाग्दा उनी भर्ना हुन नमानेर भागेको बताए। नेपालमा हालसम्म एकजनामा मात्रै कोरोनाको संक्रमण देखिएको छ।