बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाकाे पुरानो हेलिकोप्टर इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण

सेनाकाे पुरानो हेलिकोप्टर इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण

सेनाले आफ्नो एउटा पुरानो हेलिकोप्टर नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई दिएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

नेपाली- सेनाले आफ्नो एउटा पुरानो हेलिकोप्टर नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई दिएको छ।

बुधबार एक समारोहमा सेनाका सम्भाररथी उपरथी प्रभुराम शर्माले नेपाली सेनाको सर्भिस लाईफ पुरा भएको ‘अलुएटी थर्ड’ हेलिकोप्टर त्रिविको इन्जिनियरिङ क्याम्पस पुल्चोकलाई हस्तान्तरण गरेका हुन्।

क्याम्पसका विद्यार्थीहरुलाई अध्ययनका लागि भन्दै सेनाले हेलिकोप्टर हस्तान्तरण गरेको हो।

हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित पार्टपूर्जा हस्तान्तरण गरिएको छ। उक्त हेलिकोप्टरका पार्टपूर्जाहरु क्याम्पसका विद्यार्थीहरुको व्यवहारिक शिक्षाका लागि लाभदायक हुने विश्वास लिइएको छ।

उक्त हेलिकोप्टर नेपाली सेनाले २०४७ साल जेठ २३ गतेदेखि प्रयोग गर्दै आएको थियो। हेलिकोप्टरले गत २०७५ को चैत २ गते अन्तिम उडान गरेको थियो।

हेलिकोप्टरले ४ हजार १२१ घण्टा उडान गरेको छ।

प्रकाशित: Feb 12, 2020| 19:36 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।