बुधबार, भदौ ३, २०८३

चोरीको एक करोड बराबरारको सुनसहित ३ भारतीय पक्राउ

ललितपुर प्रहरीले पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

ललितपुर- ललितपुर प्रहरीले पुल्चोक क्षेत्रमा रहेको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुरज पोदार, रंजन पोदार र रविन पोदार रहेका छन्।

उनीहरुले ललितपुर महानगरपालिका-२० श्रीबहालस्थित राजेन्द्र शाक्यको शाक्य ज्यासल (सुनचाँदी) पसलबाट गत माघ २१ गते ९३.३० तोला सुन तथा २६५ तोला चाँदीका गरगहना सहितको फलामको सेफ चोरी गरेका थिए।

महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले उनीहरूलाई सतुंगल र थानकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका सह-प्रबक्ता डिएसपी सन्तोष तामाङ्गले जानकारी दिए।

उनीहरुले मध्यराती चोरी गरेका थिए। घटनास्थलमा प्राप्त सिसिटिभी फुटेजमा देखिएका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा तीनै जना भारतीय पक्राउ परेका हुन्।

प्रकाशित: Feb 12, 2020| 19:10 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।