शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

जुही चावलाले फिर्ता लिइन् फाइभजीविरुद्धको निवेदन, तिर्नुपर्ने भयो ३२ लाख जरिवाना

भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

एजेन्सी- भारतीय अभिनेत्री जुही चावलाले दिल्ली उच्च अदालतमा दिएको फाइभजी नेटवर्कविरुद्धको मुद्दा फिर्ता लिएकी छन्। उनको यो मुद्दा अदालतले गत महिना नै खारेज गरिदिएको थियो।

National life

समाचार एजेन्सी पीटीआईका अनुसार चावलाले आफ्नो याचिका खारेज नगरी फिर्ता गर्न अदालतसमक्ष निवेदन गरेकी थिइन्। उनले यो मुद्दामा कुनै सुनवाई नभएका कारण खारेज नभई अस्वीकार गर्न निवेदन गरेकी थिइन्। 

उच्च अदालतका न्यायाधीश जयन्त नाथले चावलाको बयान सुनेपछि मुद्दा फिर्ता लिने अनुमति दिएका थिए। साथै अदालतले चावलाले फाइभजीविरुद्ध हालेको मुद्दामा अदालतले सुनाएको भारतीय २० लाख रुपैयाँ अर्थात् ३२ लाख रुपैयाँ भने तिर्नुपर्ने निर्णय सुनाएका थिए।

अभिनेत्री चावलाले देशमा फाइभजी नेटवर्क प्रयोग नगर्न माग गर्दै एक जनहितसम्बन्धी रिट दायर गरेकी थिइन्। उनको रिट अस्वभाविक र प्रविधि विरोधी भएको भन्दै अदालतले गत जुन ४ मा खारेज गरिदिएको थियो। 

अदालतले यस्तो रिट निवेदनले न्यायिक प्रक्रियालाई दुरुपयोग गर्न खोजेको र निवेदकहरु चर्चामा आउने मनसाय मात्र रहेको भन्दै खारेज गरेको थियो। साथै अदालतमा भइरहेको सुनुवाईलाई चावलाले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि अदालती कारबाहीमा खलल पुगेको भन्दै अदालले असन्तुष्टि जनाएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 29, 2021| 15:31 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्