बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास प्रकरण : महानिर्देशकसहित ७ जनाविरुद्ध १५ दिनको म्याद जारी

ललिता निवास प्रकरण : महानिर्देशकसहित ७ जनाविरुद्ध १५ दिनको म्याद जारी

ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्यमा मुछिएका ७ जना विरुद्ध विशेष अदालतले १५ दिनको म्याद जारी गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं- ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्यमा मुछिएका ७ जना विरुद्ध विशेष अदालतले १५ दिनको म्याद जारी गरेको छ।

अदालतले भूमि तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकसहित ७ जनालाई म्याद जारी गरेको हो।

विशेष अदालतले विभागका २ जना महानिर्देशकसहित तत्कालीन डिल्लीबजार मालपोतका ५ कर्मचारीलाई बुधबार म्याद जारी गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

म्याद जारी हुनेहरुमा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ र मुकुन्द आचार्य, डिल्लिबजार मालपोत अधिकृत सुरेन्द्रमान कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका खरिदार युक्तप्रसाद श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका १७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: Feb 12, 2020| 18:04 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।