बुधबार, भदौ ३, २०८३

१४ वर्षीय बालकको हत्या

बारामा घरबाट घुम्न निस्केका एक बालकको हत्या भएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

जनकपुरधाम– बारामा घरबाट घुम्न निस्केका एक बालकको हत्या भएको छ। परसौनी गाउँपालिका–७ बलवाटोल बस्ने राधेश्याम सहनीका १४ वर्षीय छोरा रोशन सहनीको हत्या भएको हो।

सोमबार राति ८ बजे खाना खाएर घुम्न भन्दै निस्किएका रोशनको मंगलबार बिहान गाउँकै खेतमा शव फेला परेको थियो।

रोशनको हत्या कसले गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा दुईजनालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले भने, ‘बालकको टाउको चोट लागेको छ। शवको प्रकृति हत्या भएजस्तो देखिन्छ।’

आपसी दुशमनी, पैसा लेनदेनलगायतका कोणबाट अनुसन्धान भइरहेको उनले जनाए।

प्रकाशित: Feb 12, 2020| 16:51 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।