बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ३ जनामा कोरोना भाइरस संक्रमण शंका, सिन्धुपाल्चोकमा ज्वराे मात्र

३ जनामा कोरोना भाइरस संक्रमण शंका, सिन्धुपाल्चोकमा ज्वराे मात्र

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३ जना कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामी भर्ना भएका छन्।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३ जना कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामी भर्ना भएका छन्। उनीहरुको परीक्षण भइरहेको छ।

यद्यपि, यसअघि कोरोनाका शंकास्पद २० जना विरामीमा भाइरस परीक्षण गरिएकोमा १९ जनामा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। कोरोना संक्रमण देखिएका एक विरामी पनि उपचारपछि निको भएर घर फर्कीसकेका छन्।  उनका अनुसार अहिले तीन जनाको विशेष निगरानीमा उपचार भइरहेको छ।

यस्तै सिन्धुपाल्चोक जुगल गाउँपालिकाको गुम्बामा २०० जनालाई सामान्य रुघाखोकी र ज्वराे मात्र आएकाे मन्त्रालयले प्रस्ट पारेकाे छ। गुम्बाका धेरै गाउँलेमा एक्कासी ज्वरो र रुघाखोकी देखिएपछि स्थानीयमा कतै कोरोना भाइरसको संक्रमण पो हो कि भन्ने त्रास फैलिएको थियो।

प्रवक्ता श्रेष्ठले गुम्बा गाउँमा चिकित्सक टोली पुगिसकेको बताए। उनले भने, ‘उनीहरूलाई सामान्य रुघाखोकी लागेको हो। कसैलाई पनि कोरोना भाइरस संक्रमणको जस्तो लक्षण भेटिएको छैन।’

प्रवक्ता श्रेष्ठले चीनको वुहानमा रहेका नेपालीलाई सकेसम्म छिटो नेपाल ल्याउने गरी काम भइरहेको जानकारी दिए। उनले भने, ‘ढिलामा ३ गतेसम्म चीनमा रहेका नेपालीलाई फर्काउने गरी गृहकार्य भइरहेको छ।’

प्रकाशित: Feb 12, 2020| 16:38 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।