बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा थप सवारी साधन खरिद नियन्त्रण गर्न सांसदको माग

काठमाडौंमा थप सवारी साधन खरिद नियन्त्रण गर्न सांसदको माग

काठमाडौं उपत्यकामा दिनदिनै बढ्दो जाम नियन्त्रणका लागि नयाँ सवारी साधन खरिदमा कडाई गर्न एक सांसदले माग गरेकी छन्।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं- काठमाडौं उपत्यकामा दिनदिनै बढ्दो जाम नियन्त्रणका लागि नयाँ सवारी साधन खरिदमा कडाई गर्न एक सांसदले माग गरेकी छन्।

सत्तारुढ दल नेकपाकी सांसद सरला कुमारी यादवले उपत्यकामा बढ्दो सवारी जामका कारण चालक, बटुवा तथा अन्य सबैलाई टाउको दुखाई बनेको भन्दै सवारी साधन खरिद नै नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद यादवले काठमाडौंका मुख्य क्षेत्र कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका ठाउँमा सवारी चापका कारण निकै कठिन अवस्था आइसकेकाले सरकारले सवारी खरिदमै कडाई गर्नुपर्ने माग उठाएकी हुन्।

कांग्रेस सांसद हिरा गुरुङले चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न किन ढिलाई गरेको भन्ने प्रश्न उठाएकी थिईन्।

साथै उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै पाँच हजार मान्छे मारेको हुँ भन्नेलाई किन कारवाही नगरेको भन्ने प्रश्न गरेकी थिईन्।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए।

प्रकाशित: Feb 12, 2020| 16:28 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।