बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिलाको भेषमा स्कुटर चोर्ने व्यक्ति आधा घण्टामै पक्राउ

महिलाको भेषमा स्कुटर चोर्ने व्यक्ति आधा घण्टामै पक्राउ

महिलाको भेषमा स्कुटर चोरी गर्ने एक पुरुषलाई प्रहरीले आधा घण्टामै पक्राउ गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं- महिलाको भेषमा स्कुटर चोरी गर्ने एक पुरुषलाई प्रहरीले आधा घण्टामै पक्राउ गरेको छ।

मोटरसाइकल चोरी भएको सूचना पाएको आधा घण्टाभित्र प्रहरीले गोरखा सूर्यकोट गाउँपालिका–१ का २५ वर्षीय मिलन न्यौपानेलाई पक्राउ गरेको हो।

घटना बुधबार बिहान साढे २ बजेको हो। दरबारमार्गबाट स्कुटर चोरी गरी भाग्दै गरेका न्यौपानेलाई कलंकीबाट ट्राफिक प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार न्यौपानेले सिन्धुपाल्चोक लिस्ती–८ की कान्छी लामाको नाममा रहेको बा ४८ प ६१८६ नम्बरको स्कुटर दरबारमार्गबाट चोरी गरेका थिए।

उक्त स्कुटर काठमाडौं तारकेश्वर नगरपालिका–११ का विपीन बोहोराले चलाउँदै आएका थिए।

श्रेष्ठले स्कुटर हराएको भनेर दरबारमार्गस्थित ट्राफिक प्रहरीमा सूचना आएलगत्तै मातहतका युनिटलाई तत्कालै खबर गरिएको र कलंकीमा बसेका ट्राफिक प्रहरीले स्कुटरसहित मानिसलाई पक्राउ गरेको जानकारी दिए।

प्रकाशित: Feb 12, 2020| 14:45 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।