काठमाडौं– स्याङ्जा हरिनास गाउँपालिका–६, गैरा खोलाका ३६ वर्षीय नारायण मानन्धरलाई प्रहरीले १ थान पेस्तोलसहित पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा पेस्तोल फेला पारेको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुली मरिण गाउँपालिका–३, नक्कलेस्थित जंगलबाट १ नाल लोड भएको भरुवा बन्दुक फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, कपिलाकोटबाट खटिएको गस्ती टोलीलाई देखेर एक जना भागेकाले लखेट्दै जाँदा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले फरार व्यक्तिको खोजी गरिरहेको छ।