बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिदा स्वीकृत नगराई कार्यालयमा लामो समय अनुपस्थित हुने दुई कर्मचारी बर्खास्त

बिदा स्वीकृत नगराई कार्यालयमा लामो समय अनुपस्थित हुने दुई कर्मचारी बर्खास्त

बिदा स्वीकृत नगराई लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका गोरखाका दुई सरकारी कर्मचारी बर्खास्त भएका छन्।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– बिदा स्वीकृत नगराई लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेका गोरखाका दुई सरकारी कर्मचारी बर्खास्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदा स्वीकृत नगराई कार्यालयमा लामो समयसम्म अनुपस्थित रहेको भन्दै आपँपीपल अस्पतालका ल्याब असिस्टेन्स (पाँचौँ तह)का कुमारप्रसाद शर्मा र जिल्ला जनस्वास्थ्य कार्यालयकी अनमी बिमला वाग्लेलाई बर्खास्त गरेको हो।

मन्त्रालयका अनुसार शर्मा २०६२ कात्तिक १ गतेदेखि र वाग्ले २०६३ असोज ६ गतेदेखि कार्यालयमा उपस्थित भएका छैनन्।

उनीहरूलाई भविष्यमा सरकारी सेवामा योग्य नठहरिने गरि सोही मितिदेखि लागू हुनेगरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Feb 12, 2020| 12:22 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।