बुधबार, भदौ ३, २०८३

नक्कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ

 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

धनगढी– नक्कली प्रहरी बनेर धनगढीमा रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङ्गको खप्तडछान्ना गाउँपालिका–१ घर भई धनगढी उप–महानगरपालिका–७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी –५ हसनपुर का ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भई धनगढी–१ बस्ने ३३ वर्षीय किशन सिजापती छन्।

उनीहरुले धनगढी–३ मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साईकल मर्मत पसलबाट रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

शर्मालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको भएको र आफूहरु जिल्ला प्रहरी कार्यालयबाट आएका हौँ भन्दै तीन जनाले २ हजार ५ सय रकम असुली गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 12, 2020| 11:59 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।