बुधबार, भदौ ३, २०८३

कछुवाका बच्चा बेच्दै हिँड्ने पक्राउ

कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं । कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ललितपुर हरिसिद्धीका डेविट महर्जन छन् । उनलाई ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँका अनुसार महर्जनले रु. १२ लाखमा कछुवा कारोवार गर्न खोजेको खुल्न आएको छ ।

उनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि मङ्गलबार जिल्ला डिभिजन वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।
रासस

प्रकाशित: Feb 12, 2020| 09:55 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।