नवलपुर– नवलपुरको बुलिङटार गाउँपालिका–२, छरछरेमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार दुर्घटनामा परी बुलिङटार गाउँपालिका–३ का २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यानसिंह सारु, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलबहादुर सारुको ज्यान गएको हो।
मंगलबार साँझ लु४त २५५६ नम्बरको ट्याक्टर छरछरेबाट बुलिङटार जाने क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्याक्टरमा सवार १७ जनामध्ये ९ काे अवस्था सकशुल रहेको प्रहरीले जनाएको छ।
कच्ची सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।