बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमानस्थलको कफी सपमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

विमानस्थलको कफी सपमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार भएको आगलागीको घटनाबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ ।

पर्यटन मन्त्रालय (सचिवस्तर) को आजको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम छन् ।

समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सात दिनभित्र मन्त्रालय समक्ष सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । “उक्त आगलागी सम्बन्धमा सम्भाव्य कारण पत्ता लगाइ भविष्यमा विमानस्थलको सञ्चालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनानुपर्ने हो सोको सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहो¥याउन नदिन घटनाको सत्यतथ्य बुझी सात दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने समतिलाई जिम्मेवारी दिइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको स्टेराइल क्षेत्रमा सञ्चालित कफी सपमा सोमबारराति ८ः१५ बजे आगलागी भएको थियो । आगलागीका कारण अन्तरराष्ट्रिय उडान अवतरण सेवा अवरुद्ध भई यात्रु वर्गमा पर्न गएको असुविधाका लागि मन्त्रालयले दुःख व्यक्त गरेको छ ।

विमानस्थलस्थित उद्धार तथा अग्नि निवारण सेवाका वारुणयन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै विमानस्थलका कर्मचारीको सहयोगमा आगाली नियन्त्रणमा ल्याई एक घण्टा १० मिनेट अवरुद्ध भएको उडान सेवा बेलुकी ९ः२५ बजेबाट सञ्चालन भएको थियो । आवश्यक परे अन्य विज्ञको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ ।
रासस

प्रकाशित: Feb 11, 2020| 22:02 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।