बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सुदूरपश्चिम सांसद माया तामाङ पनि एकीकृत समाजवादीमा, १४ सांसदले गराए सनाखत

सुदूरपश्चिम सांसद माया तामाङ पनि एकीकृत समाजवादीमा, १४ सांसदले गराए सनाखत

'भोलिसम्म नेकपा (एस)का पक्षमा सनाखत गराउने समय छ,' उनले भनिन्, 'मैले आफ्नो स्वार्थका लागि यो दल रोजेकी होइन।'
 |  सोमबार, भदौ २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेश सांसद माया तामाङले पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेकी छन्। प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनले  एकीकृत समाजवादीका पक्षमा सनाखत गराएकी हुन्। 

'भोलिसम्म नेकपा (एस)का पक्षमा सनाखत गराउने समय छ,' उनले भनिन्, 'मैले आफ्नो स्वार्थका लागि यो दल रोजेकी होइन।'

योसँगै प्रदेशसभामा एकीकृत समाजवादीका १४ जना सांसदले सनाखत गराएका छन्। सुदूरपश्चिम प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल बनेको छ। यसपछि माओवादी केन्द्र बनेको छ। माओवादीका १३ जना प्रदेश सभा सदस्य छन्।

यसअघि नेकपा एमालेका २४ जना (सभामुख)बाहेक प्रदेश सभा सदस्य रहेका थिए। प्रदेश सभामा नेपाली कांग्रेसका १२, एमालेका १० र तत्कालीन राजपाका दुई जना प्रदेश सभा सदस्य रहेका छन्। तत्कालीन राजपा पनि फुटेपछि दुई जना प्रदेश सभा सदस्य कता खुल्ने निश्चित भएको छैन।

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य हुने व्यवस्था छ। एमाओवादीले एमाले प्रवेश गरेका कारण एक जना झपट बोहरालाई हटाएपछि अब प्रदेश सभामा ५२ जना प्रदेश सभा सदस्य रहेका छन्। निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्ने समय दिएको छ।

नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। 

यसअघि भदौ १५ गते आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा नेकपा (एस) को पक्षमा सनाखत गरिसकेका थिए।

प्रकाशित: Sep 06, 2021| 14:53 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...