बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश– २ मा भुक्तानी विवादः सांसदनै मुख्यमन्त्री कार्यालयमा ताला लगाउन कस्सिए

प्रदेश– २ मा भुक्तानी विवादः सांसदनै मुख्यमन्त्री कार्यालयमा ताला लगाउन कस्सिए

प्रदेश-२ सरकारले उपभोक्ता समितिहरुलाई गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी नगर्दा प्रदेश सांसदहरुले मुख्यमन्त्री कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

जनकपुरधाम– प्रदेश-२ सरकारले उपभोक्ता समितिहरुलाई गत आर्थिक वर्षमा सम्पन्न योजनाको भुक्तानी नगर्दा प्रदेश सांसदहरुले मुख्यमन्त्री कार्यालयमै तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

विगत पाँच महिनादेखि भुक्तानीका लागि आग्रह गरिरहे पनि सरकारको कानमा बतास नलागेपछि उनीहरु रुष्ट बनेका हुन् ।

सरकारले योजनाको रकम अब पाँच दिनभित्र भुक्तानी नदिए मुख्यमन्त्री कार्यालयमै तालाबन्दी गरिने उनीहरुले चेतावनी दिए। लगाउने तयारी उनीहरुले गरेका छन् ।

गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी माग गर्दै उपभोक्ता समितिहरु आन्दोलित रहेको अवस्थामा प्रदेश सांसदहरुले पनि साथ दिएका हुन्।

भुक्तानी प्रक्रिया अगाडी बढाउने सम्बन्धमा आइतबार सत्तापक्षका साथै प्रतिपक्षी दलका प्रदेश सांसदहरु सहभागी बैठकले पाँच दिनको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ।

राजपाकी सांसद डा.रीना यादवले केही सांसदहरु जनकपुरमा उपलब्ध नभएकोले मंगलबार ज्ञापनपत्र बुझाउन नसकिए पनि भोलि बुझाइने जानकारी दिइन्।

“पाँच दिनभित्र सरकारले भुक्तानी नगरे मुख्यमन्त्री कार्यालयमा ताला लगाउन हामी बाध्य हुनेछौं । त्यसपछि पनि सुनवाइ नभए हाम्रो राजीनामा आउने छ,” उनले भनिन्।

राजपाका अर्का सांसद विक्की यादवले पनि पाँच दिनभित्र सरकारले रकम भुक्तानी नगरे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताला लगाउने बताए ।

“जनता, कार्यकर्ता, उपभोक्ता हैरान भएका छन्, माननीयहरुको प्रतिष्ठा दाउमा लागेको छ, क्षेत्रमा जानसक्ने अवस्था छैन्, जहाँ पुगेपनि बेइज्जत हुनुपरेको छ,” उनले भने, “काम गरेको पैसा सरकारले नदिएर सुख छैन।”

सभामुख सरोज यादव नेतृत्वको विशेष छानबिन समितिले दिएको प्रतिवेदन प्रदेशसभा बैठकले अनुमोदन गरिसके पनि भुक्तानी नदिएर सरकारले जनताको प्रतिनिधित्व हुने सार्वभौम संस्था प्रदेशसभाको समेत अपमान गरेको बताए।

गत आर्थिक वर्षमा विभिन्न मन्त्री तथा प्रदेश सांसदहरुले बाँडेको ८४२ वटा योजनाहरुको ८७ करोड रुपैयाँ उपभोक्ताहरुलाई भुक्तानी गर्न बाँकी छ।

तर, गत आर्थिक वर्षको रकम चालू आर्थिक वर्षमा बाँड्न नसकिने कानुनी अड्चनले भुक्तानी समस्या आएको प्रदेशस्थित आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

उपभोक्ताहरुको बक्यौता रकम भुक्तानी गर्न प्रदेश सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने सोचमा रहेको बुझिएको छ ।

 

प्रकाशित: Feb 11, 2020| 18:48 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।