बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिल्लीको सत्तामा फेरि केजरीवाल, कुल ७० मध्ये ६३ स्थानमा आपको अग्रता

दिल्लीको सत्तामा फेरि केजरीवाल, कुल ७० मध्ये ६३ स्थानमा आपको अग्रता

भारतको दिल्ली विधानसभा निर्वाचनको जारी मतगणना परिणाम अनुसार आम आदमी पार्टी (आप) ले तेस्रो पटक अत्यधिक बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

भारतको दिल्ली विधानसभा निर्वाचनको जारी मतगणना परिणाम अनुसार आम आदमी पार्टी (आप) ले तेस्रो पटक अत्यधिक बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कुल ७० सिटमध्ये ६३ सिटमा आपले जित्ने निश्चित जस्तै छ। जारी मतगणना अनुसार भाजपा जम्मा ७ सिटमा सिमित हुने सम्भावना छ भने कांग्रेसको खातामा फेरि पनि शून्य पक्का भइसकेको छ।

यसअघिको निर्वाचनमा आम आदमीले ६७ सिटमा जितेको थियो भने भाजपाले जम्मा तीन सिटमा मात्रै जीत हासिल गरेको थियो। १५ वर्षसम्म दिल्लीको सत्तामा रहेको कांग्रेसको आंकडा यसअघि पनि शून्य नै थियो।

आम आदमी पार्टीका उम्मेदवार तथा दिल्लीका वर्तमान उपमुख्यमन्त्री मनिष सिसोदिया निर्वाचित भइसकेका छन्।

दिल्लीस्थित आपको मुख्यालयमा विजयोत्सव मनाउन सुरु भइसकेको छ। कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री केजरीवालले खानेपानी, यातायात, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाका क्षेत्रमा आफ्नो सरकारले गरेको कामको उपलब्धिस्वरुप दिल्लीका जनताले फेरि पनि आपलाई जिताएको बताएका छन्।

केजरीवालको मुख्यमन्त्रीका रुपमा अब तेस्रो कार्यकाल सुरु हुनेछ।

दुई वर्षमा सात प्रदेश गुमायो भाजपाले

दिल्लीमा आपको विजयसँगै भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले पछिल्ले दुई वर्षमा सात प्रदेशमा सत्ता गुमाउने छ। अहिले दिल्ली समेत १२ प्रदेशमा भाजपा विरोधी दलका सरकार छन्। १६ राज्यमा एनडीएको सरकार छ। यि राज्यमा भारतको कुल जनसंख्याको ४२ प्रतिशत छ।

गत डिसेम्बरमा झारखण्डमा सरकार बनाएपछि कांग्रेसको सात राज्यमा सरकार छ। दिल्लीमा आम आदमी पार्टीले लगातार तेस्रो पटक निर्वाचन जितेको छ।

पश्चिम बंगालमा तृणमूल कांग्रेस, केरलमा माकपा नेतृत्वको गठबन्धन, आन्ध्रप्रदेशमा वाईएसआर कांग्रेस, ओडिशामा बीजद र तेलंगनामा टीआरएस, महाराष्ट्रमा कांग्रेस–रांकपाको सहयोगमा शिवसेना र तमिलनाडुमा अन्नाद्रमुक सत्तामा छन्।

प्रकाशित: Feb 11, 2020| 16:27 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।