बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : कञ्चनपुरमा धर्ना बसेका अधिकारकर्मी गिरफ्तार

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा धर्ना बसेका अधिकारकर्मी गिरफ्तार

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धर्नामा बसेका अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले गिरफ्तार गरेको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै धर्नामा बसेका अधिकारकर्मीलाई कञ्चनपुर प्रहरीले गिरफ्तार गरेको छ।

जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको हो। पक्राउ पर्नेमा दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवालगायत पनि छन्।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेपछि गिरफ्तार गरिएको बताए। ‘यसअघिका दिनमा शान्तिपूर्ण धर्नामा बसे पनि मंगलबार आवतजावतमै अवरोध गरेपछि गिरफ्तार गरिएको हो,’ पौडेलले भने ।

बलात्कारपछि हत्या गरिएकी १४ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै अधिकारकर्मी र घाइतेहरु धर्नामा बसेका थिए। पन्तको हत्या भएको दुई वर्ष पुग्न लाग्दा पनि दोषी पहिचान हुन सकेको छैन ।

प्रकाशित: Feb 11, 2020| 15:48 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।