बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वस्थानी र ऋषिपञ्चमी व्रत कथा च्यात्न नेकपा सांसदको माग

स्वस्थानी र ऋषिपञ्चमी व्रत कथा च्यात्न नेकपा सांसदको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी तथा ऋषिपञ्चमी व्रत कथाका केही पाना च्यात्नुपर्ने बताएकी छिन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका केही पाना च्यात्नुपर्ने बताएकी छिन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले छाउसँग जोडिएका कु-संस्कारलाई मलजल गर्ने कथाका केही पाना च्यात्‍नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले छाउगोठ भत्काउने अभियानसँगै धार्मिक रुपमा रहेका अन्धविश्‍वास तोड्न पनि आवश्यक रहेको बताइन्। उनले भनिन् ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषिपञ्चमी कथाका पाना च्यात्नतर्फ सरकारको ध्यानाकर्षण होस्।'

छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै सांसद सुवेदीले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा पनि भत्काउनुपर्ने र यसलाई मनबाट नै हटाउन आवश्यक रहेको बताइन्।

 

प्रकाशित: Feb 11, 2020| 15:43 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।