बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दिलीप हत्या प्रकरण : पर्यावरणीय सहिद घोषणा गर्न हजुरबाको माग

दिलीप हत्या प्रकरण : पर्यावरणीय सहिद घोषणा गर्न हजुरबाको माग

चुरे क्षेत्रमा अवैध उत्खननको विराध गर्दा हत्या गरिएका दिलीप महतोका हजुरबा रामश्रेष्ठ महताले ...
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

जनकपुरधाम – चुरे क्षेत्रमा अवैध उत्खननको विराध गर्दा हत्या गरिएका दिलीप महतोका हजुरबा रामश्रेष्ठ महताले नातिलाई पर्यावरणीय सहिद घोषणा गर्न माग गरेका छन्।

धनुषाको मिथिला नगरपालिका–५ का २५ वर्षीय दिलीप महतोको गत पुस २६ गते हत्या भयोको थियो। भारत मध्य प्रदेशमा इन्जिनियरिङ अन्तिम वर्षमा अध्ययनरत दिलीप घटना हुनुभन्दा १० दिनअघि घर आएका थिए।

गत पुस २५ गते घरछेउकै औरही खोलामा उत्खनन भइरहेको उनलाई जानकारी आयो। भोलिपल्ट बिहान करिब ४ बजे खोलातर्फ कुदेका दिलीप कहिल्यै घर फर्केनन्।

‘नाति अब फर्केर आउँदैन। उत्खनन माफियाले टिप्परले किचेर दिलीपको विभत्स हत्या गरे’, ७० वर्षीय हजुरबुबा रामश्रेष्ठ महतो भन्छन्, ‘कमसेकम सरकारले दिलीपलाई पर्यावरणीय सहिद घोषणा गरिदिनुपर्‍यो।’

इन्जिनियर बनेर देशको सेवा गर्ने दिलीपको धोको अधुरै रहेको उनले बताए।


‘परिवारका ९/१० जनालाई डाक्टर बनाएँ। उसलाई पनि डाक्टर पढ्न भनेको थिएँ’, तर मानेन’, रामश्रेष्ठ भन्छन्, ‘उसलाई इन्जिनिर बनेर देशको सेवा गर्ने रहर थियो। समाजमा हुने गलत कामको विरोध गर्दथ्यो। उसको त्यही स्वभाव काल बन्यो।’

चुरे क्षेत्रको खोलानालामा हुने उत्खननको दिलीपले विरोध गर्ने गरेको सम्झँदै उनी भन्छन्, ‘चुरे क्षेत्रको उत्खनन नरोके तराई क्षेत्र मरुभूमि बन्छ, देशलाई ठूलो क्षति हुन्छ भन्थ्यो।’

हत्या गरिएका दिलीप महतो

प्रहरी अनुसन्धानप्रति असन्तुष्टि

दिलीपको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले क्रसर व्यवसायीसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। परिवारका सदस्यका अनुसार विपिनले घटनाको तीन दिनअघि दिलीपलाई हत्या गर्ने धम्की दिएका थिए।

पक्राउ परेका सबैविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ।

तर प्रहरी अनुसन्धानप्रति दिलीपका परिवार सन्तुष्ट छैन। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरे पनि मुख्य योजनाकार अझै बाहिर रहेको दिलीपका बहिनीहरू बताउँछन्।

पक्राउ परेका ६ जना मुख्य योजनाकारको मतियारमात्र रहेको उनको कथन छ।

‘प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उनीहरू हत्यामा संलग्न रहे पनि मुख्य योजनाकार कोही अरू रहेको हामीलाई लागेको छ। उसलाई पनि प्रहरीले पक्राउ गर्नुपर्‍यो’, दिलीपका हजुरबुबाले भने। यद्यपि मुख्य योजनाकारका विषयमा उनले बोल्न चाहेनन्।

प्रकाशित: Feb 11, 2020| 15:16 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।