बुधबार, भदौ ३, २०८३

पछि हट्यो कांग्रेस, खुल्यो संसद

 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछाडि हटेपछि प्रतिनिधिसभाको बैठक सुरु भएको छ। पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको दबाबमा मुद्दा दायर गरेको भन्दै कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको थियो।

कांग्रेसको संसदीय दलको निर्णयअनुसार आजबाट कांग्रेसले बैठक चल्न दिएको हो। ललिता निवास प्रकरणमा पूर्वाग्रहपूर्ण ढंगले गच्छदारमाथि मुद्दा दायर भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन्।

प्रतिनिधिसभा बैठकको सुरुमा सम्बोधन गर्दै भुसालले अदालतमा गइसकेको मुद्दामा कांग्रेसले अदालतको तटस्थता कुर्ने बताइन्।

प्रकाशित: Feb 11, 2020| 13:43 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।