बुधबार, भदौ ३, २०८३

‘जनयुद्ध’ दिवसमा ओली अतिथि !

पार्टी एकीकरण भए पनि यसअघिको जनयुद्ध दिवस कार्यक्रम ओलीले बहिष्कर गरेका थिए।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– सत्तारुढ नेकपाले पहिलो पटक एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएको छ।

‘जनयुद्ध’ दिवसको औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली अतिथिका रूपमा सहभागी हुनेछन्।

पार्टी एकीकरण भए पनि यसअघिको जनयुद्ध दिवस कार्यक्रम ओलीले बहिष्कर गरेका थिए।

साथै तत्कालीन एमालेका शीर्ष नेताहरू पनि कार्यक्रममा सहभागी भएका थिएनन्।

फागुन १ गते पार्टी कार्यालय धुम्वाराहीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

समारोहमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि अतिथिका रूपमा सहभागी हुनेछन् । दाहाल र र ओलीबीच सहमति भएरै यसपटकको ‘जनयुद्ध’ दिवस मनाउन लागिएको श्रेष्ठले जानकारी दिए।

यसअघि ओलीले पटकपटक सार्वजनिक रूपमा ‘जनयुद्ध’ को औचित्यमाथि प्रश्न उठाउँदै आएका थिए।

नेकपा कार्यालयबाट जारी सूचनामा पनि समारोहमा अध्यक्ष द्वय सहभागी हुने उल्लेख छ।

नेकपाले जिल्ला तथा प्रदेशमा पनि ‘जनयुद्ध’ दिवस मनाउन निर्देशन दिएको छ।

२०५२ फागुन १ गतेबाट सशस्त्र हिंसा सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै 
आएको छ।

तत्कालीन माओवादी र तत्कालीन एमालेबीच एकीकरण भएपछि पहिलोपटक संयुक्त रूपमा जनयुद्ध दिवस मनाउन लागिएको हो।

प्रकाशित: Feb 11, 2020| 12:31 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।