बुधबार, भदौ ३, २०८३

जापानमा थप ६५ जनालाई कोरोना सङ्क्रमण

जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

टोकियो– जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ ।

पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १३५ पुगेको उनीहरुको भनाई छ ।

पछिल्लो पटक शंका लागेका कुल १०३ जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ५६ जनाका सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा कोरोना सङ्क्रमित हुनेहरु कुन देशका नागरिक हुन भन्नेबारेमा खुलाइएको छैन । उनीहरुको परीक्षण अझै पनि जारी रहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पानी जहाजका कर्मचारीहरूले भने ६६ जनामा भाइरसको सङ्क्रमण भएको र उनीहरुमध्ये अधिकांश जापानका नागरिक भएको बताएका छन् । कर्मचारीहरूका अनुसार जापान बाहेक अष्ट्रेलिया, फिलिपिन्स, क्यानडा, बेलायत र युक्रेनका नागरिकहरू पनि रहेका छन् ।
रासस

प्रकाशित: Feb 11, 2020| 09:37 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।