बुधबार, भदौ ३, २०८३

चिकित्सक संघमा लोकतान्त्रिक प्यानल विजयी

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। २८ औँ कार्यसमितिका लागि सम्पन्न मतदानमा लोकतान्त्रिक प्यानलले अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्यमा जितेको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। २८ औँ कार्यसमितिका लागि सम्पन्न मतदानमा लोकतान्त्रिक प्यानलले अध्यक्षसहित ७ पदाधिकारी र ५ सदस्यमा जितेको छ।

दुई चरणमा सम्पन्न मतदानको पाँच दिनदेखि जारी मतगणनाको मंगलबार राति घोषित परिणामअनुसार कार्की खसेको कुल ६१५७ मतको ४१११ मत अर्थात् ६६.७६ प्रतिशत मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका छन्।

अध्यक्षका अर्का उमेदवार प्रगतीशील समूहका डा. पुष्पमणि खरालले १९७९ मत प्राप्त गरे । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक समूहकै डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की, महासचिवमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी, सहसचिवमा डा. निरजकुमार सिंह र सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डा. रितेश थापा, डा. नन्दाकुमारी गुरुङ, डा. विपेश आचार्य, डा. सञ्जिव तिवारी, डा. लिजन महर्जन र डा. प्रमोद जोशी निर्वाचित भएका छन्।

प्रकाशित: Feb 11, 2020| 09:26 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।