बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मसानघाटको जग्गा प्लटिङ गरेर बेचबिखन, किन्ने वीरगञ्जका मेयर विजय सरावगी

मसानघाटको जग्गा प्लटिङ गरेर बेचबिखन, किन्ने वीरगञ्जका मेयर विजय सरावगी

भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको ...
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं- पूर्वसचिव अर्जुनबहादुर कार्कीको घरमा काम गर्ने कामदारले पत्नी मुनाको विभत्स हत्या गरेको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

सोमबार बिहान करिब ११ बजे तिर कामदार विजय चौधरीले कार्कीकी पत्नी मुनलाई प्लास्टिकको पिर्काले हिर्काएर निर्मम हत्या गरेका थिए भने लगत्तै उनले झुन्डिएर आत्महत्या गरेका छन् । पूर्वसचिव कार्की घरबाहिर निस्किएका बेला घटना भएको हो ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले हत्यापछि आत्महत्या शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले पूर्वसचिवकी पत्नीको हत्या, झुन्डिएको अवस्थामा कामदार शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले पूर्व सचिव पत्नीको दर्दनाक हत्या, लगत्तै कामदारद्वारा आत्महत्या शीर्षकमा खबर छापेको छ ।

यो विषय बाहेक आजको कान्तिपुरले गैरकानुनी रुपमा हालसम्म नेपालमा ११ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको तथ्यांक सरकारले फेला पारेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले क्यानडाली सिनेट प्रमुखले फौजदारी अपराधमा संलग्न भएको भन्दै सभामुख अग्नि सापकोटालाई नभेटेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट्ले पछिल्लो ६ महिनामा ६३ करोड ९९ लखा ६० हजार रुपैयाँको लसुन विदेशबाट आयात भएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

पर्यटन वर्ष सुरु भएको पहिलो महिनामै पर्यटक घटेको विषयलाई मुख्य समाचार बनाएको आजको कारोबार दैनिकलेले भने मसानघाटकै जग्गा प्लटिङ गरेर बेचबिखन भएको खुलासा गरेको छ ।

उसले समाचारमा लेखेको छ– भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ विघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले किताकाट गरि बेचेको हो ।

मसानघाट भनि उल्लेख भएको कित्ता न. ५९ को ६ विघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारको ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरेको पाइएको हो ।

सो जग्गा प्रोपर्टी म्यानेजमेन्ट प्रालिले अरु कसैलाई नभइ स्वयम वीरगञ्ज महानगरका मेयर विजय सरावगीलाई बेचेको छ । यस्तै एभरग्रिन तराइ हस्पिटल, सुनिता अग्रवाललगायतलाई बेचेको छ । केहि जग्गा अहिले पनि प्रोपर्टी म्यानेजमेन्ट प्रालिका सञ्चालक इच्छाबहादुर वाग्लेको नाममा रहेको कारोबारले उल्लेख गरेको छ ।

सिमरा वरपरका मान्छेहरुले पचासको दशकअघि लास जलाउन उक्त स्थानको प्रयोग गर्दै आएका थिए । पानी सुक्दै गएपछि दुधौरा खोलामा लास जलाउने गरेका छन् ।

स्थानीय तहले आफू मातहत रहेका सार्वजनिक जग्गाको संरक्षणमा चासो नदेखाउँदा भूमाफियाले अधिकांश सर्वाजनिक जग्गा किर्ते पुर्जा बनाइ बिक्रि गरिसकेको मालपोत कार्यालयले जनाएको छ ।

आजको नयाँ पत्रिकाले शिवपुरि राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको कब्जामा रहेको खुलासा गरेको छ। उसले शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमा, २१६ रोपनी जग्गाको भाडा वार्षिक ४० हजार शीर्षकमा खबर छापेको छ ।

लप्सीफेदीको जंगल सामुदायिक वन हुँदा अमेरिकी नागरिकले लिजमा लिएका थिए, सो जंगल ०७३ मा शिवपुरी राष्ट्रिय निकुञ्जमा समेटियो, निकुञ्जको जग्गा व्यावसायिक प्रयोजनमा दिन मिल्दैन, तर वर्तमान सरकार बनेको चार महिनाभित्रै असार ०७५ मा जंगल यतीको पकडमा गएको समाचारमा उल्लेख छ ।

प्रकाशित: Feb 11, 2020| 07:31 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।