बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारको प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक प्रतिवाद गर्ने कांग्रेसको निर्णय

अख्तियारको प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक प्रतिवाद गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो पार्टीका सभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै यसको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकले अख्तियारले दायर गरेको अभियोग पत्र विरोधाभाषपूर्ण एवम् दोहोरो मापदण्डयुक्त रहेको ठहर गरेको हो।

कांग्रेसले उपसभापति गच्छदार कानुनी रुपमा सामना गर्दै निर्दोष सावित हुने विश्वास लिएको छ।

त्यस्तै कांग्रेसले चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउन सरकार समक्ष माग गरेको छ।

बैठकले राजधानी काठमाडौंमा भएको नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्याको घटनालाई गम्भीरतापूर्वक लिएको र शान्ति सुरक्षामा सरकारलाई गम्भीर हुन आग्रह गरेको जनाएको छ।

बैठकले अन्य समसामयिक विषयमा छलफल तथा विभिन्न निर्णयहरु पारित गरेको छ।

अर्को बैठक माघ २९ गते दिउँसो २ बजे बस्ने भएको छ।

यस्ता छन् कांग्रेस बैठकका निर्णयहरु

(१) अख्तियारले ललिता निवास प्रकरणमा दर्ता गरेको मुद्दा सम्बन्धमा
ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ । यसले के प्रष्ट गर्दछ भने आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ । यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ तथा यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ । नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ ।

(२) वुहानका नेपालीलाई तत्काल उद्धार गर्न
चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन यो बैठक सरकार समक्ष माग गर्दछ । उद्धारमा हुने ढिलाइले बढ्न सक्ने संक्रमणको जोखिम र त्यसले भोलि नेपालमा पर्न सक्ने गम्भीर असर बारे बैठक सरकारलाई सजग गराउन चाहन्छ । देश फर्काएर राख्ने ‘क्वारेन्टाइन’ लाई सम्पूर्ण रुपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न पनि बैठक सरकारलाई विशेष रुपले सजग गराउँदछ ।

(३) राजधानीमा दिन दहाडै भएको हत्याका सम्बन्धमा
राजधानीमै दिन दहाडै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । समाजमा बढ्दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रुपमा यसलाई लिंदै बैठकले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपिल गर्दै घटनाको गहिरो अनुसन्धान र दोषी माथि कार्वाहीको माग गरेको छ ।

(४) वडा अध्यक्षको हत्या सम्बन्धमा
अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्यालाई बैठकले गम्भीरतापूर्वक लिएको छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

प्रकाशित: Feb 10, 2020| 20:44 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।