बुधबार, असार ३१, २०८३

च्यासलविरुद्धको हारसँगै सरस्वती रेलिगेसनमा

सोमबारको महत्वपूर्ण खेलमा हार ब्यहोर्दै सरस्वती युथ क्लब रेलिगेशनमा परेको छ। रेलिगेशनमा परेको सरस्वती बी डिभिजनमा घटुवा भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वती च्यासल युथ क्लबसँग १-२ गोलले पराजित भयो।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं - सोमबारको महत्वपूर्ण खेलमा हार ब्यहोर्दै सरस्वती युथ क्लब रेलिगेशनमा परेको छ। रेलिगेशनमा परेको सरस्वती बी डिभिजनमा घटुवा भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सरस्वती च्यासल युथ क्लबसँग १-२ गोलले पराजित भयो।

बाह्रौं चरणको खेलमा सरस्वतीलाई पराजित गर्ने क्रममा च्यासलका लागि दुवै गोल विदेशी खेलाडीले गरे।

खेलको ६६ औं मिनेटमा ताइगा नकामुराले गोल गरेका थिए भने ६६ औं मिनेटमा हयातो वाकिनोले गोल गरे। त्यस्तै, सरस्वतीका तर्फबाट पनि विदेशी खेलाडी काजिम बुसारीले इन्ज्युरी समयमा सन्त्वना गोल गरे।

च्यासलका नकामुरा, वाकिनो र सुनिल बल तथा सरस्वतीका कृष्ण रानाभाटले पहेंलो कार्ड पाए।

२८ जनवरीमा हिमालयन शेर्पा क्लबविरुद्ध अप्रत्यासित जित निकालेको सरस्वतीको त्यो नै एकमात्र जित हो। त्यसअघि १२ जनवरीमा उसले बिग्रेड ब्वाइज क्लब(बिबिसी)सँग गोलरहित बराबरी खेलेको थियो। यसरी एक जित र एक बराबरी खेलेको सरस्वतीको खातामा ४ अंक छ।

उता, पुछारबाट दोस्रो स्थानमा रहेको विभागीय टोली एपीएफको ८ अंक छ। आजै बिहान भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबविरुद्ध जित निकालेर तालिकामा ८ अंक पुर्‍याएको थियो।

लिगमा अब सरस्वती र एपीएफको एक/एक खेल मात्र बाँकी छ। सो खेलमा सरस्वतीले जित निकालेर एपीएफले हार व्यहोरे पनि सरस्वती नै रेलिगसनमा पुग्छ।

 

 

प्रकाशित: Feb 10, 2020| 14:34 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।