शनिबार, कात्तिक २९, २०८२

यस्तो रह्यो ओस्कार अवार्ड समारोह (फोटोफिचर)

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

एजेन्सी– यस वर्षको ओस्कार अवार्ड वितरण समारोह गएराति अमेरिकामा सम्पन्न भएको छ। समारोहमा विभिन्न फिल्म तथा कलाकार र निर्देशकले विभिन्न विधामा अवार्ड जिते।

National life

दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ। बो जुन हो निर्देशित फिल्मले ‘जोकर’, ‘द आइरिसम्यान,’ ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल वुमन’, र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै ‘प्यारासाइट’ ले उत्कृष्टको फिल्मको अवार्ड जितेको हो।

योसँगै ‘प्यारासाइट’ ओस्कार अवार्ड जित्ने पहिलो विदेशी फिल्म बनेको छ। ओस्कारको ९२ संस्करणसम्म कुनै पनि विदेशी भाषाको फिल्मले उत्कृष्टको अवार्ड जितेका थिएनन्। विदेशी भाषाको फिल्मु श्रेणीमा बेग्लै अवार्ड दिइन्छ।

‘प्यारासाइट’ उत्कृष्ट फिल्मसहित चार विधामा उत्कृष्ट भएको छ। उसले उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको अवार्ड पनि जितेको छ।

ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड ‘जोकर’बाट जोओकिन फिनिक्सले जितेका छन्। यस्तै, उत्कृष्ट अभिनेत्रीमा ‘जुडी’बाट रेने जेलवेगरले बाजी मारेकी छन्।

Laxmi sunrise bank
kumari

हेरौं, एपी र एएफपीले खिचेका केही तस्बिर

प्रकाशित: Feb 10, 2020| 13:02 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्