बुधबार, असार ३१, २०८३

सन्तोषलाई पछि पार्दै आशिष सर्वाधिक गोलकर्ता

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफका आशिष लामा सर्वाधिक गोलकर्ता बनेका छन्।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफका आशिष लामा सर्वाधिक गोलकर्ता बनेका छन्।

च्यासल युथ क्लबका सन्तोष साहुखललाई पछि पार्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन्।

सोमबार फ्रेन्ड्सविरुद्ध दुई गोल गर्दै उनले जारी लिगमा गोल संख्या ८ पुर्याएका छन्। सन्तोषले भने जारी लिगमा ७ गोल गरेका छन्।

सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ छन्। उनले ११ खेलमा ६ गोल गरिसकेका छन्। यो सूचीमा विमल राना र अन्जन विष्ट क्रमशः चौथो र पाँचौं स्थानमा छन्। उनीहरूले समान पाँच गोल गरेका छन्।

त्यस्तै, विदेशी खेलाडीमध्ये सबैभन्दा धेरै गोल गर्नेमा काजिम बुसारी छन्। सरस्वती क्लबका काजिमले ४ गोल गरेका छन्। उनी सर्वाधिक गोलकर्ताको छैटौं स्थानमा छन्।

प्रकाशित: Feb 10, 2020| 12:55 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।