सोमबार, चैत ९, २०८२

फ्रेन्ड्सविरुद्ध जितसँगै रेलिगेसन खतराबाट टाढिँदै एपीएफ

सशस्त्र प्रहरीको विभागीय टोली सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनको खतराबाट टाडिँदै गएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टोली सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसनको खतराबाट टाढिँदै गएको छ।

National life

सोमबार फ्रेन्ड्स क्लबविरुद्ध जितसँगै एपीएफ रेलिगेसनको खतराबाट टाडिँदै गएको हाे। यद्यपि, खतरामुक्त भने भइसकेको छैन।

जितपछि १२ खेलबाट ८ अंक जोडेको एपीएफले पुछारमा रहेको सरस्वती युथ क्लबसँगको अंकदूरी ४ पुर्याएको छ।

एपीएफभन्दा एक खेल कम खेलेको सरस्वतीको ४ अंक मात्रै छ।

रेलिगेसनमा नपर्न उसले लिगका बाँकी दुईओटै खेल जित्नुपर्नेछ। तर, लिगका ११ खेलमा १ मा मात्रै जित निकालेको सरस्वतीका लागि यो असम्भवजस्तै देखिन्छ।

Laxmi sunrise bank
kumari

सरस्वतीले दुईवटै खेलमा जित निकालेको खण्डमा पनि एपीएफले लिगको आफ्नो अन्तिम खेलमा बराबरी वा पराजित भएमा तथा बिग्रेड ब्वाइजले दुईमा हार अथवा एकमा बराबरी र एकमा पराजित भएमा मात्रै ऊ रेलिगेसनबाट जोगिनेछ।

‘ए’ डिभिजन लिगमा पुछारमा रहेको टोली रेलिगेसनमा पर्ने गरेको छ।

एपीएफलाई जित दिलाउन आशिष लामा र प्रविनकुमार स्याङ्तेनले समान दुई गोल गर्दा टोपबहादुर विष्टको नाममा एक गोल रह्यो।

खेलको १२ औं मिनेटमा सुरुवाती गोल गर्दै आशिष लामाले एपीएफलाई एक गोलको अग्रता दिलाएका थिए। ४० औं मिनेटमा अग्रतालाई दोब्बर बनाउँदै आशिषले नै व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा टोलीलाई २–० को अग्रता दिलाएका थिए।

त्यस्तै, दोस्रो हाफमा फ्रेन्डसले दुई गोल गर्यो भने एपीएफले तीन गोल थप्यो।

फ्रेन्ड्सका लागि फिलिप डि सुजाले ६९ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यस्तै, विश्व अधिकारीले खेलको ७६ औं मिनेटमा गोल गर्दा त्यसअघि एपीएफका प्रविनले ७१ औं मिनेटमा गोल गरिसकेका थिए।

अधिकारीको गोलपछि पनि खेलमा फर्किन नसकेको फ्रेन्ड्सले इन्ज्युरी समयमा थप दुई गोलको समना गरेको थियो।

इन्ज्युरी समयमा कप्तान टोपबहादुर बिष्टको गोलपछि प्रविनकुमार स्याङ्तेन गोल गरेका थिए।

प्रकाशित: Feb 10, 2020| 11:49 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।