बुधबार, असार ३१, २०८३

जितपछि पनि शीर्षस्थानमा पुगेन बार्सिलोना

उपाधि दाबेदार बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा जित निकाले पनि शीर्ष स्थानमा पुग्न सफल भएन।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

बार्सिलोना– उपाधि दाबेदार बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा जित निकाले पनि शीर्ष स्थानमा पुग्न सफल भएन।

बार्सिलोनाले रियल बेटिसलाई ३–२ को गोलअन्तरले हराए पनि शीर्षको दौडमा असफल रह्यो।

बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा सम्पन्न खेलको पहिलो हाफमा २–२ गोलको बाराबरी भएको थियो।

बेटिसका लागि सर्जियो कानालेसले ६ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। बेटिसको अग्रतालाई बार्सिलोनाले धेरै समय टिक्न दिएन। उसका फ्रेन्की डे जोनले ९ औं मिनेटमै गोल फर्काए। बार्सिलोनाको सो गोलसँगै बराबरीमा आएको खेलको २६ औं मिनेटमा बेरिटसले पुनः अग्रता लिएको थियो।

नाबी फेकिरले बेटिसका लागि दोस्रो गोल गरे। बेटिसले अग्रता बनाएको पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बस्क्वेट्सले गोल गरेपछि खेल बराबरीमा आएको थियो।

त्यसैले, पहिलो हाफ २–२ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बार्सिलोनाका सिइमेन्ट लेन्गेटले गोल गरेपछि बार्सिलोनाले जित निकालेको थियो। ७२औं मिनेटमा भएको उक्त गोल खेलको अन्तिम गोलसमत बन्यो।

जितसँगै बार्सिलोनाको ४९ अंक भएको छ। उसको २३ खेलमा १४ जित र ४ बराबरीका साथ ४९ अंक भएको हो। साविक विजेता बार्सिलोनाले जित निकाले पनि तालिकाको शीर्ष स्थानमा उक्लन सकेन। समान २३ खेल खेलेको रियल मड्रिड ५२ अंकका साथ शीर्षस्थानमा छ।

रियल मड्रिडको सानदार जित

ला लिगाकै अर्को खेलमा रियल मड्रिडले ओसासुना माथि ४–१ गोलको सानदार जित निकालेको छ।

रियलका लागि इस्को फ्रान्सिस्को, सर्जियो रामोस, लुकार भाज्वेज र लुका जोभिनकले गोल गरेका थिए। उनीहरूले क्रमशः ३३, ३८, ८४ र इन्जुरी समयमा गोल गरेका थिए।

रियलको प्रस्पिर्धी ओसासुनले १४ औं मिनेटमै पहिलो गोल गरेका थिए। तर, सुरुवाती अग्रतालाई जोगाउन नसक्दा ओसासुना हारको सिकार भएको हो।

रियलले भने यो खेलमा १५ औं जित निकालेको हो। उसले ७ बराबरी र एक खेलमा हारको सामना गर्दै ५२ अंक बनाएर तालिकाको शीर्ष स्थानमा पकड बनाएको हो।

प्रकाशित: Feb 10, 2020| 08:56 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।