बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजनमा बाह्रौं चरण सुरु, आज तीन खेल हुँदै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२ औं चरण आजबाट सुरु हुँदै छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२ औं चरण आजबाट सुरु हुँदै छ।

१२ औं चरणको पहिलो दिन तीन खेल हुँदै छन्।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफले फ्रेन्डस क्लबको सामना गर्ने छ। पुछारबाट दोस्रो स्थानमा रहेको एपिफएफ आजको खेलमा दोस्रो जित निकाल्ने दाउमा हुने छ।

उसले लिगमा एक जित र दुई बराबरी खेलेर ५अंक जोडेको छ। त्यस्तै, प्रतिस्पर्धी फ्रेन्ड्स क्लब ४ जित र दुई बराबरी खेलेर १४ अंक बनाउँदै तालिकाको नवौं स्थानमा छ।

दिउँसो १२ः१५ बाट सुरु हुने दोस्रो खेलमा सरस्वती युथले च्यासल युथ क्लबको सामना गर्ने छ।

सरस्वती एक मात्र जित निकालेर तालिकाको पुछारमा छ। उसले अघिल्लो चरणमा साविक विजेता मनाङलाई हराएको टिम च्यासलविरुद्ध जित निकाल्न भने गाह्रो छ।

१२ अंकका साथ तालिकाको १० औं स्थानमा रहेको च्यासल आजको खेलमा चौंथो जित निकाल्दै आफ्नो खातामा १५ अंक बनाउन चाहान्छ। उसले ३ जित र ३ नै बराबरी खेलेर १२ अंक बनाएको हो।

आजकै तेस्रो खेलमा संकटा क्लब र मछिन्द्र क्लब भिड्दै छन्। उपाधि दाबेदार मछिन्द्र क्लब आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा आउने दाउमा हुँदा साविक उपविजेता संकटा क्लब तालिकामा स्थान सुधार गर्ने लडाइँमा हुने छ।

मछिन्द्रको तालिकमा २५ अंक छ। आजको खेलमा जित निकालेको खण्डमा मछिन्द्र २८ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लने छ। उता, सातौं स्थानमा रहेको संकटा क्लावले जित निकालेमा पाँचौं स्थानमा उक्लने छ।

आजका सबै खेल एन्फा कम्प्लेक्समा हुने छन्।

प्रकाशित: Feb 10, 2020| 08:36 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।