बुधबार, भदौ ३, २०८३

विद्यालय भित्रै बदेलको आक्रमण : आठ जना घाइते

धर्मोदय आधारभुत विद्यालयको सरसफाईमा जुटेका सात जनालाई बदेलले आक्रमण गरी घाइते बनाएको छ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

धनगढी- जंगली जनावर बदेलको आक्रमणबाट बाजुरा र डोटीमा ८ जना घाइते भएका छन्।

बाजुरामा ७ र डोटीमा १ जना घाईते भएको प्रहरीले जनाएको छ। बाजुराको गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसफाईमा जुटेका सात जनालाई आइतबार बदेलले आक्रमण गरी घाइते बनाएको छ।

घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण विक, ५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया,४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिए।

घाइते भएका मध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको छ । उनलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ।

बदेलको आक्रमणमा परी घाइते भएका चार जनाको गौमुल स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।

बँदेलको आक्रमणबाट डोटीमा एक महिला गम्भीर घाइते भएकी छन् । केआइसिंह गाउँपालिका– ७ की तुल्सी भण्डारी गम्भीर घाइते भएकी हुन् ।

घरबाट कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका- १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको थियो ।

घाइते भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भैरहेको छ । आक्रमणबाट घाइते भहिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले जानकारी दिए।

प्रकाशित: Feb 10, 2020| 08:24 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।