बुधबार, असार ३१, २०८३

यू १९ क्रिकेट विश्वकप : भारतलाई हराउँदै बंगलादेश बन्यो विजेता

आइसिसी यू १९ क्रिकेट विश्वकपमा बंगलादेशले उपाधि जितेको छ। भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

आइसिसी यू १९ क्रिकेट विश्वकपमा बंगलादेशले उपाधि जितेको छ।

आइतबार भएको खेलमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो।

साउथ अफ्रिकाको पोचेफ स्ट्रोम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो।

भारतका लागि यशस्वी जसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ र धुब्र जरेलले २२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन।

भारतलाई सस्तैमा समेट्न अभिशेक दासले ३ विकेट तथा तन्जिम हसन सकिव र सोरिफुल इस्लामले समान २/२ विकेट लिए।

यता बंगलादेशले डिएल मेथड बाट ४६ ओभरमा छोट्याइएको खेलमा १७० रनको लक्ष्य ४२.२ ओभरमा ७ विकेट गुमार २३ रन बाँकी रहँदै भेट्टायो।

बंगलादेशका लागि परभेज हुसैन इमोनले ४७ रन बनाउँदा कप्तान अकवर अलीले अभिजित ४३ रन बनाए।

त्यस्तै तान्जित हसनले १७ रन बनाउदा १ सय ७० रन बनाउँदै डिएल मेथडबाट तोकेको लक्ष्य पुरा गर्‍यो।

भारतका लागि रबि बिसोइले ४ विकेट तथा शुसान्त मिश्रले २ विकेट लिए पनि भारतको हार टार्न सकेनन्।

प्रकाशित: Feb 10, 2020| 08:13 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।