बुधबार, भदौ ३, २०८३

अख्तियारविरुद्ध तरुण दलको प्रदर्शन

नेपाली कांग्रेसको युवा संगठन तरुण दलले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसको युवा संगठन तरुण दलले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको भूमिकाको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा सरकारको प्रभावमा परी अख्तियारले दोषीलाई उन्मुक्ति दिएको भन्दै प्रदर्शन गरेको हो।

सत्ताको दुरुपयोग गरेर बालुवाटार जग्गा प्रकरणमा सरकारले मुख्य दोषीहरुलाई उन्मक्ति दिँदै राजनीतिक पूर्वाग्रह गरेको र अख्तियार पनि सरकारकै मतियार बनेको तरुण दलको आरोप छ।

जग्गा प्रकरणका मुख्य दोषी मन्त्रिपरिषद्का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणि पौडेलजस्ता व्यक्तिलाई उन्मुक्ति दिएर राजनीतिक प्रतिशोध साध्न नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई सरकारले फसाएको तरुण दलले आरोप लगाएको छ।

राजनीतिक पूर्वाग्रहको हिसाबले गच्छदारविरुद्ध लगाइएको मुद्दा फिर्ता हुनुपर्ने, जग्गा प्रकरणका प्रमुख दोषी पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने लगायतका माग तरुण दलले गरेको छ।

जनकपुरस्थित गोपाल धर्मशालाबाट निकलेको तरुण दलको विरोध प्रदर्शन जनक चोक, शिव चोक, भानु चोकलगायत नगरको विभिन्न भाग परिक्रमा गरेको थियो।

विरोध प्रदर्शनमा तरुण दल धनुषाका अध्यक्ष संजयलाभ कर्ण, उपसभापति राकेशविक्रम साहलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 09, 2020| 18:55 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।