बुधबार, भदौ ३, २०८३

एसियन लिडरसिप अवार्डबाट ढकाल सम्मानित

एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो)ले ग्लोवल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई “एसियन लिडरसिप अवार्ड” बाट सम्मान गरेको छ। आमो एसियाली व्यवस्थापन संघहरुको साझा संस्था हो।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो)ले ग्लोवल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई “एसियन लिडरसिप अवार्ड” बाट सम्मान गरेको छ। आमो एसियाली व्यवस्थापन संघहरुको साझा संस्था हो।

आइतबार आमो र नेपाल व्यवस्थापन संघ (म्यान) ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सम्मान प्रदान गरेका हुन्।

ढकालले सन् २०२० को लागि नेपालबाट ढकालले सो सम्मान पाएको म्यानले जानकारी दिएको छ । आमोले देशको आर्थिक विकासका लागि व्यवसायको माध्यमबाट महत्वपुर्ण योगदान पुर्याएको भन्दै ढकाललाई आमोले सम्मान गरेको हो।

सो सम्मान आमोले हरेक वर्ष राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीहरुलाई प्रदान गर्दै आइरहेको छ ।

ढकाल ग्लोवल आइएमई ग्रुपको अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पनि हुन् भने आगामी अधिवेशनमा वरिष्ठ उपाध्यक्षको दावेदार पनि हुन् ।

प्रकाशित: Feb 09, 2020| 16:41 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्